२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सुन प्रकरणमा महरामाथि छानबिन गर्न एमालेको माग

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणबारे छानबिन गर्न माग गरेको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले सुन प्रकरणबारे छानबिन गर्न माग गरेका छन्।

उनले विमानस्थलबाट सुन भित्र्याउनका लागि माओवादी केन्द्रकै उपाध्यक्ष कृष्णबहादुर महराको बाउ छोराको संलग्नता रहेको आरोप लगाए।

‘सत्तापक्षकै दलका नेता कृष्णबहादुर महरा र उनका छोरामाथि सुन प्रकरणमा छानबिन गर्नुपर्छ,’ उनले भने, ‘ठूला माछा उम्कने, सानालाई खोजीखोजी कारबाही गर्ने?’

प्रकाशित: १० श्रावण २०८० ०९:३७ बुधबार

सुन प्रकरण