८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गर्न पुगे गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गरेको छ।  

ब्रेक शुमा लुकाइ ल्याइएको एक क्विन्टल सुन भन्सार जाँचपास भएरै बाहिरिएकाेि खबर सार्वजानिक भएपछि गृहमन्त्री श्रेष्ठ आँफै विमानस्थलको अध्यागमन र भन्सार निरीक्षणमा गएका हुन्। उनको साथमा भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, अध्यागमनका विभागका महानिर्देशक झलकराम अधिकारी, प्रहरी महानिरीक्षक वसन्त कुँवरलगायतका थिए। भन्सारको सुरक्षा जाँचपास गर्ने मेसिनमै प्रश्न चिन्ह खडा भएपछि गृहमन्त्री श्रेष्ठले चासो देखाएका हुन्।

यो प्रकरणमा एक चिनियाँ एक भारतीयसहित १० जना पक्राउ परिसकेका छन्। चिनियाँ नागरिक जेयुङ लिन, ट्रान्स ग्लोबल सर्भिसकै सञ्चालक पुष्कर भट्ट र कृष्णकुमार श्रेष्ठ ,एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ बिहिबार पक्राउ परेका छन् भने बुधबारै पक्राउ परेकामा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन्। भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङ्कङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो ।  

यस प्रकरणमा भन्सार विभागले खरिदार कुमार ढकाललाई निलम्बन गरिसकिएको छ भने भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ।

प्रकाशित: ५ श्रावण २०८० ०६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App