२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाल ऐन संशोधनबारे रवि भन्छन्: गम्भीर विषयलाई विषयान्तर गर्न खोजियो

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गम्भीर विषयलाई विषयान्तर गर्न खोजिएको बताएका छन्।

उनले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका गम्भीर बुँदामा बहस नगरी गम्भीर विषयलाई विषयान्तर गर्न खोजिएको बताएका हुन्।

उनले संसदीय अभ्यासमा आफ्नो दल नयाँ भएकोले प्रक्रियामा कमजोरी भए पनि आफूहरूले उठाएका एजेन्डामा कुनै खोट नभएको दाबी गरेका छन्।

उनले लेखेका छन्, 'केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ ले के भन्दैछ, पठ्नुस् त!! यस्तो गम्भीर विषयलाई विषयान्तर गर्न खोजेर अरु नै विवाद तिर जवरजस्ती मोड्न खोजेको कयौंले बुझ्नै भ्याउनु भएको छैन। कयौंले जाना जान बुझ पचाउनु भएको छ। हामीले के बोल्यौं त्यो अझै सुरक्षित छ। त्यसमा बहस अझै गरौला तर यो संशोधनलाई ध्यान दिएर हेर्नुस् त।'

उनले अहिले अदालतमा विचाराधिन भए पनि मुद्दा फिर्ता हुने प्रावधान  कुन कुन दल र त्यस दलका नेता कार्यकर्ताहरुलाई स्विकार्य हुने हो भन्दै प्रश्न पनि गरेका छन्।

'रगत उम्लिने गरि रास्वपा र हाम्रा नेतालाई गाली गर्नु हुने देश भक्त साथीहरु तथा  विज्ञप्ति, मिडिया इन्टरव्यु र आर्टिकलहरु ठेलिरहनु भएका विज्ञज्युहरु, छातिमा हात राखेर भन्नुहोस्, यति बेला वहस के मा हुनु पर्थ्यो?' उनले प्रश्न गरेका छन्।  

प्रकाशित: ३ श्रावण २०८० ०७:५७ बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने