४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुई-दुई महिनामा गर्नुपर्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठक करिब एक वर्ष पछि

नेपाली कांग्रेसले कम्तिमा दुई महिनामा एक पटक बोलाउनै पर्ने केन्द्रीय कार्यसमितिको बैठक करिब एक वर्षपछि मात्र बोलाएको छ।

नेपाली कांग्रेसले यो बैठक केन्द्रीय कार्यालय सानेपाबाट आफ्नो आधिकारीक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिरहेको छ। मंगलबार दिउँसो केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै महामन्त्री गगनकुमार थापाले भने, ‘कांग्रेसको विधानले केन्द्रीय कार्यसमितिको बैठक कम्तिमा दुई महिनामा एक पटक गर्नुपर्ने प्रावधान छ।’

उनले बैठकमा उपस्थित पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय कार्य समितिको बैठक वर्षमा कम्तिमा ६ वटा गर्नुपर्ने प्रावधान रहेको जानकारी गराएका थिए। आवश्यक परे जुनसुकै बेला केन्द्रीय कार्यसम्पादन समितिको बैठक भने अझ धेरै गर्न सकिने उनको तर्क थियो।

‘केन्द्रीय कार्य समितिको कम्तिमा २ वटा बैठक काठमाडौ बाहिर गर्ने प्रस्ताव गरेका छौं’, उनले भने। बैठकको कार्यतालिका बनाएर अघि बढिने जानकारी पनि दिए।

महामन्त्री थापाले विधान र नियमावली अनुसार पार्टी भित्र अहिले ४८ वटा विभाग राखिएको र नया“ विभाग थप्ने प्रस्ताव गरिएको जानकारी दिए। उनले यी सबै विभागको गठन र पूर्णता दिने काम भदौ १५ गतेसम्म सक्ने जानकारी पनि दिए। यसैगरी पार्टीको प्रगती विवरण ६÷६ महिनामा केन्द्रीय कार्यसमितिमा बुझाउनुपर्ने प्रावधान कार्यान्वयन गर्ने जानकारी पनि थापाले दिए।

प्रकाशित: २ श्रावण २०८० ०९:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App