१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

लेखा परीक्षण विवरण नबुझाउने दललाई आयोगले तोक्यो २० हजारसम्म जरिवाना

तोकिएको समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३९ वटा राजनीतिक दललाई निर्वाचन आयोगले जरिवाना तोकेको छ।

आयोगका अनुसार दर्ता भएका कुल ११२ राजनीतिक दलमध्ये २१ वटाले तोकिएको समयमा लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन्।

ती दलले समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाएपछि आयोगले स्पष्टीकरण सोधेको थियो। तर ४ वटा दलले स्पष्टीकरण बुझाए। स्पष्टीकरण बुझाएकामध्ये दुई वटा दलले साथमा लेखा परीक्षण प्रतिवेदन पनि बुझाए।

चार वटा दलले तोकेको समय भन्दा ढिलो स्पष्टीकरण पेश गरे भने आठ वटा दलले भने स्पष्टीकरण पनि पेश गरेनन्। पाँचवटा राजनीतिक दलले भने दुई आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन नै बुझाएका छैनन्।

प्रकाशित: १ श्रावण २०८० १२:१३ सोमबार

निर्वाचन आयोग