५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा उपलब्ध गराउनुपर्छ: मन्त्री श्रेष्ठ

फाइल तस्बिर

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा लिन सक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताएका छन।

आज सिंहदरबारमा भएको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ र सुरक्षा निकायका पूर्व उच्च अधिकारीबिच शान्ति सुरक्षा सुदृढीकरणका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन। 

उनले आन्तरिक रुपमा सरकारी सङ्गठनहरूलाई संस्थागत गरी सुदृढ बनाउने काम सरकारले गरिरहेको बताए। मन्त्री श्रेष्ठले मन्त्रालय विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने ? स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने ? र उनीहरूलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने ? भन्नेबारे सरकारले पनि आवश्यक तालिम दिनुपर्ने बताए। उनले सरकारी कार्यालयभित्र अवाञ्छित चलखेलले भुमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्न निर्देशन दिए। 

मन्त्री श्रेष्ठले कर्मचारीको कार्यदक्षता प्रभावकारी नबनाई काम गर् भनेर परिणामको मात्रै अपेक्षा गर्न नहुने बताए।  


 

प्रकाशित: ३१ असार २०८० ०६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App