१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

पाँच लाख घुससहित मालपोत कर्मचारी र दलाल पक्राउ

कोहलपुर— अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले करिब ५ लाख घुससहित जिल्ला मालपोत कार्यालय बाँकेका कर्मचारी पक्राउ गरेको छ। आयोगको सम्पर्क कार्यालय कोहलपुरबाट खटिएको टोलीले मालपोतका खरिदार नरबहादु सारु मगर र लेखापढी व्यवसायी सर्जु थापालाई ४ लाख ९८ हजार घुससहित सोमबार राति नेपालगन्जबाट पक्राउ गरेको हो।

कारकार्दोस्थित व्यक्तिको जग्गाको निर्णय प्रमाणित गरी बिक्री प्रयोजनका लागि घुस लिँदै गर्दा दुवै जनालाई सोमबार रात्री साँढे ९ बजे अख्तियारको टोलले रंगेहात पक्राउ गरेको अख्तियार अनुसन्धान कोहलपुरका सूचना अधिकारी निराजन शर्माले जानकारी दिए। धम्बोजीस्थि भेरी मिट सपबाट घुस लिदै गर्दा उनीहरु पक्राउ परेका हुन्।

जग्गा कारोवारमा घुस मागेको सूचनापछि अख्तियारको टोलीले होटलबाट रकमसहित उनीहरुलाई पक्राउ गरेको हो।  उनीहरुले अन्यबाट समेत घुस लिएको हुनसक्ने भन्दै टोलीले अनुसन्धान थालेको छ।

प्रकाशित: २३ जेष्ठ २०७४ ०६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App