१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

कोशीमा मुख्यमन्त्रीका लागि कांग्रेस नेता थापाको दाबी

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता उद्वव थापाले दाबी पेस गरेका छन्।

बिहीबार दिउँसो गठबन्धनमा आबद्ध दलहरूको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दाबी पेस गरेका हुन्।

कोशी प्रदेशको विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, एकिकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्। ९३ जना  सदस्य भएको प्रदेशसभामा बहुमतका लागि ४७ सदस्य आवश्यक पर्दछ।

एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक मतको अभावमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख खापुङ्ले आइतबार सरकार गठनका लागि दाबी पेस गर्न बिहीबार साँझ ५ बजेसम्मका लागि समय दिएका थिए।

प्रकाशित: २१ असार २०८० ११:२७ बिहीबार

कोशी प्रदेश उद्वव थापा