४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अर्थसँग राष्ट्रपतिको उपचार खर्च माग्दै परराष्ट्र

फाइल तस्वीर

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका क्रममा खर्च भएको झन्डै ५६ लाख रूपैयाँ भुक्तानीका लागि परराष्ट्र मन्त्रालयले अर्थलाई पत्राचार गरेको छ।

परराष्ट्र मन्त्रालयका उपसचिव भेषराज भुर्तेलले सोमबार अर्थ मन्त्रालयलाई लेखेको पत्रमा राष्ट्रपति पौडेलको उपचारका लागि स्वीकृत भएको रकम निकासाका लागि अनुरोध गरिएको छ।

राष्ट्रपति पौडेल अस्वस्थ भएपछि स्वास्थ्य परीक्षणका लागि गत वैशाख ६ गते श्री एयरलाइनको चार्टर एयर एम्बुलेन्सबाट भारतको नयाँ दिल्ली गएका थिए। उनी उपचार गराएर १७ गते स्वदेश फर्केका थिए। त्यस क्रममा खर्च भएको रकममध्ये ५५ लाख ४ हजार ६ सय ५४ रूपैयाँका लागि अर्थ मन्त्रालयबाट सहमति भइआएको परराष्ट्रले जनाएको छ।

यथार्थ बिलभर्पाईअनुसारको ५५ लाख २ हजार २ सय ७९ रूपैयाँ खर्च भएको भन्दै परराष्ट्र मन्त्रालयले सोमबारको निर्णय उल्लेख गर्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका क्रममा खर्च भएको झन्डै ५६ लाख रूपैयाँ भुक्तानीका लागि परराष्ट्र मन्त्रालयले अर्थलाई पत्राचार गरेको छ।

राष्ट्रपति पौडेलले विदेशमा उपचार गर्दा लागेको पैसा आफैंले नबेहोरेको भन्दै त्यतिबेला तीव्र आलोचना भएको थियो। कांग्रेस महामन्त्री गगन थापासहितका नेताले राष्ट्रपतिले नै उक्त रकम भुक्तानी गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए।

राष्ट्राध्यक्षको स्वास्थ्य उपचार खर्चका विषयमा राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले वैशाख १९ गते प्रेस नोट जारी गर्दै ‘राष्ट्रपतिज्यू स्वयंले बेहोर्न चाहेको कुरा’ जनाएको थियो। त्यसले तत्कालको आलोचना कम गरेको थियो। साथै स्वास्थ्य उपचार खर्च राष्ट्रपतिले नै बेहोर्न चाहेको अमूर्त कुराले चर्चा पाएको थियो।

यथार्थ बिल भर्पाईअनुसारको ५५ लाख २ हजार २ सय ७९ रूपैयाँ खर्च भएको भन्दै परराष्ट्र मन्त्रालयले सोमबारको निर्णय उल्लेख गर्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो।

राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय परम्परा तथा व्यावहारिक पक्षलाई ख्याल नगरी तत्काल चर्चामा आउन राष्ट्रपति पौडेलको सचिवालयले आफ्नो धारणा सार्वजनिक गरे पनि उनको स्वास्थ्य उपचारका क्रममा भएको खर्च भुक्तानीका लागि परराष्ट्रले अर्थ मन्त्रालयलाई पत्र पठाएको हो।

प्रकाशित: २० असार २०८० ००:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App