२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सभामुख घिमिरे र शीर्षनेताहरुबीच छलफल जारी

तस्बिरः सभामुखकाे सचिवालयबाट

सभामुख देवराज घिमिरे र प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्षनेताहरूबीच छलफल जारी छ। सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा छलफल  भइरहेकाे हाे। छलफलमा प्रधानमन्त्री एवं  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवं  नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सहभागी छन्।  

संसदीय समितिका सभापति चयन र संसद्लाई अझ प्रभावकारी बनाउने विषयमा सभामुखले शीर्षनेतासँग छलफल गर्न लागेका हुन्।  

गत वैशाख १५ गते प्रतिनिधिसभाका १० विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि गत जेठ २ गते एकसाथ ती समितिको बैठक सुरु भएको थियो। तर सभापति चयन हुन नसक्दा समितिले विधेयकमाथि छलफल गर्न सकेका छैनन्।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्षनेताहरूलाई बोलाएका हुन्।

प्रकाशित: १९ असार २०८० ०५:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App