१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

म्याग्दीको मालिका गाउँपालिकामा– १ मा काँग्रेस विजयी

बाबियाचौर(म्याग्दी)—मालीका गाउँपालीका– १ वडाध्यक्षमा नेपाली काँग्रेसका टङ्क पुन ४५१ मत ल्याई निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का वुद्धीबहादुर पुनले २६४ र नेकपा (माओवादी केन्द्र)का गोविन सिउथानीले १३५ मत प्राप्त गरेका छन्।

सो गाउँपालिकाको वडा सदस्यमा समेत काँग्रेसकै मनरुपा पुनमगर, मनकुमारी कामी, दिलकुमारी पुन र लोकबहादुर मल्ल विजयी भएका छन्। यहाँ एक हजार ३३७ मतदाता रहेकामा ९०७ जनाले मतदान गरेका थिए।

यस्तै मालीका गाउँपालीकाको अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोकाले ४५१, एमालेका बेगप्रसाद गर्बुजाले २६७ र माओवादी केन्द्रका कमल केसीले १३८ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा काँग्रेसका विमला रोकाले ४५३, एमालेका खरमाया बिटालुले २६७ र माओवादी केन्द्रका गौरी सेञ्चुरीले १४१ मत प्राप्त गरे। रासस

 

प्रकाशित: २ जेष्ठ २०७४ ०१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App