कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न सकेनन्।
कार्कीले प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव अस्वीकृत भएको छ। योसंगै कोशीमा एमालेको सरकार ढलेको छ।
९३ सदस्यीय प्रदेशसभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको सभामुख बाबुराम गौतमले घोषणा गरे। मतदानमा ८९ जना सांसद सहभागी थिए।
अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। कार्की गत मंसिरमा भएको निर्वाचनपछि पुस २४ मा मुख्यमन्त्री निर्वाचित भएका थिए।
प्रकाशित: १५ असार २०८० ०८:०७ शुक्रबार