१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सल्यानमा माओवादीको उम्मेदवार तय

सल्यान – आसन्न स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएको छ । जिल्लाका तीन नगरपालिकासहित सात गाउँपालिकाका लागि माओवादीले उम्मेदवारको टुङ्गो लगाएको हो । 

शारदा नगरपालिकाको प्रमुखमा महाधिवेशन आयोजक समिति सदस्य प्रमोद श्रेष्ठ र उपप्रमुखमा झरना बुढाथोकी, कुपिण्डे वनगाड नगरपालिकाको प्रमुखमा पार्टीका पोलिटब्युरो सदस्य तथा पार्टी अध्यक्ष कर्णबहादुर बुढाथोकी र उपप्रमुखमा मञ्जु यरी तथा बागचौर नगरपालिकाबाट प्रमुखमा लोकमान बुढाथोकी र उपप्रमुखमा कल्पना पुनलाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्र सल्यानका इन्चार्ज नेवबहादुर कुँवरले बताए ।
 
यसैगरी दार्मा गाउँपालिकाको अध्यक्षमा महाधिवेशन आयोजक समिति सदस्य युवा नेता निमबहादुर केसी र उपाध्यक्षमा टीका वली, छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्षमा राधा शर्मा, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा अजय रोका र उपाध्यक्षमा लीलावती बुढा, कपुरकोट गाउँपालिकामा अध्यक्ष प्रकाश भण्डारी र उपाध्यक्ष एलिना राना तता ढोरचौर गाउँपालिकामा अध्यक्ष नरवीर चलाउने र उपाध्यक्षमा भूमि बुढाथोकीलाई उम्मेदवार बनाइएको छ । 

कुमाख मालिका गाउँपालिकाको अध्यक्षमा दिलमाया बुढा र उपाध्यक्षमा डिल्लीराज जैशी, कालीमाटी गाउँपालिकाको अध्यक्षमा पुरुषोत्तम भट्टराई र उपाध्यक्षमा प्रिति डिसीलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित: १६ वैशाख २०७४ ०८:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App