३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले ले गर्‍यो रौतहटमा मेयरका उम्मेदवार सिफारिस

रौतहट- नेकपा एमालेले रौतहटका तीनवटै नगरपालिकामा उम्मेदवारको सिफारिश गरेको छ। पार्टीको नगर समितिहरुले सम्भाव्य उम्मेदवारको सिफारिश जिल्ला समितिमा गरेको हो। एमालेको नगर समितिले मेयर पदका लागि गौर नगरपालिकामा एकजना, गरुडा नगरपालिकामा दुईजना र चन्द्रपुर नगरपालिकामा तीनजनाको नाम जिल्ला समितिमा सिफारिश गरेको छ।

सदरमुकाम रहेको गौर नगरपालिकामा एमालेको तर्फबाट शम्भु साह मेयर पदका लागि सिफारिश गरिएका एक्ला उम्मेदवार हुन्। पूर्व प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधव कुमार नेपालका विश्वासपात्र मानिएका साह नगरपालिको मेयर पदका सशक्त उम्मेदवार हुन्।

नगर समितिले उपमेयर तथा वडाध्यक्षहरुको सिफारिश गर्न सकेको छैन । मध्यभागमा रहेको गरुडा नगरपालिकामा मेयर पदमा दुईजनाको सिफारिश गरेको छ । सिफारिश हुनेमा शेख कलिमुल्लाह र अशोक यादव छन् । एमालेले उपमेयरमा मीना साह र इन्द्रमाला जयसवाललाई सिफारिश गरेको छ। यसै गरी चन्द्रपुर नगरपालिकाको मेयर पदका लागि पूर्व गाविस अध्यक्ष उद्धव रेग्मी, बाबुराम दाहाल र नगर अध्यक्ष शिव आचार्यलाई सिफारिश गरेको छ । एमालेले उपमेयरमा रामरती चौधरीलाई सिफारिश गरेको छ ।

गरुडा नगरपालिकाको मेयर पदका लागि सिफारिश गरेका शेख कलिमुल्लाह र चन्द्रपुर नगरपालिकाको उपमेयरमा सिफारिश गरिएकी रामरती चौधरी शिक्षक हुन्। शिक्षक कलिमुल्लाहले शिक्षक पदबाट राजीनामा दिएका छन् भने शिक्षिका चौधरीले राजीनामा दिने तयारी गरेको एमाले स्रोतले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०७४ १०:३३ शनिबार

एमाले ले गर्‍यो रौतहटमा मेयरका उम्मेदवार सिफारिस