२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

उपत्यकाकै किसानले गुणस्तरीय बिउ र मल पाएका छैनन्ः सांसद पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले उपत्यकाका कृषकले समेत गुणस्तरीय बिउ र पर्याप्त मल पाउन नसकेको बताएका छन्।  

‘कृषि उत्पादन वृद्धि गर्न गूणस्तर बिउ र कृषि मल समयमै उपलब्ध गराउनेछु  भनेर बजेट माफृत अर्थमन्त्री र स्वयम प्रधानमन्त्रीज्यूबाट गरिएका प्रतिवद्धता सुन्दा यस्तो लाग्थ्यो कृषकहरुको मल र बिउ अभावको कुरा कहिल्यै सुनन पर्ने छैन’, उनले शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा भने, ‘मेरो निर्वाचन क्षेत्र काठमाडौ– ७ र उपत्यका अन्य क्षेत्रका कृषकहरुले समेत गूणस्तरिय बिउ र पर्याप्त मल पाउन सकेका छैनन भने दूर्गम तथा अन्य क्षेत्रका कृषकले सहज रुपमा मल र बिउ पाउलान भन्ने विश्वास गर्ने कसरी?’

सांसद पराजुलीले सरकारलाई भाषण नगर्न र नजिकको डिपोमा कृषि मल र स्तरिय बिउ तत्काल उपलब्ध गराउन माग गरे।

प्रकाशित: १ असार २०८० ०६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App