११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस नेता अटलशेरको निधन

खोटाङ – खोटाङका पूराना कांग्रेस नेता अटलशेर राईको क्यान्सका कारण निधन भएको छ । २०३६ सालदेखि कांग्रेसको राजनीति गर्दै आएका कांग्रेस नेता राईको भक्तपुर क्यान्सर अस्पतालमा उपचारकोक्रममा शुक्रबार बिहान निधन भएको हो ।

बिरामी परेपछि १२ दिनअघि केएमसी अस्पतालमा पुर्याइएका राईको फोक्सोमा क्यान्सर भएको पत्ता लागेको थियो । केएमसीले रेफर गरेपछि राईलाई बिहीबार भक्तपुर क्यान्सर अस्पताल लगिएको नेविसंघ खोटाङ–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष बाजिन्द्र बिष्टले बताए । 

राई कांग्रेस खोटाङका पूर्वउपसभापति एवम् वर्तमान महाधिवेशन प्रतिनिधि हुन् । २०१३ साल चैत्र २८ गते जन्मिएका राईको ४ छोरी र २ छोरा छन् । यूकेमा रहेकी छोरी आएपछि राईको शव गाउँमै ल्याएर सदगद गर्ने तयारी गरिएको छ । 
 

प्रकाशित: २५ चैत्र २०७३ ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App