४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सदनको अवरोध हटाउन प्रम र सभामुखबीच छलफल

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन छलफल सुरु गरेका छन।

सभामुख  घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका हुन ।उनले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षीदलसँग संवादगर्न आग्रह गरेका छन।

हिजो प्रतिनिधि सभा अवरोध भए लगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेका थिए।सभामुखले हिजो साँझ नै फेरि सदनको अवरोध हटाउन सरकारका तर्फबाट पहलगर्न आग्रह गरेका थिए।‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतित भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ,’ प्रधानमन्त्रीलाई सभामुखले भनेका थिए, ‘समयमा नै संवादबाट निकास खोजौं, अब सदन अवरोध भइरहन सक्दैन ।’

सभामुखसँगको संवादमा प्रधानमन्त्री दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै आजको संसदमा आफूले प्रष्टिकरण दिने बताए। ‘म एमाले अध्यक्ष केपी शर्मा ओली सहित विपक्षीदलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,’प्रधानमन्त्रीले सभामुखलाई विश्वस्त तुल्याएका थिए।

सभामुखले एमाले प्रमुख सचेतक पदमगिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही मार्फत विपक्षीदलहरुलाई बजेट पारित गर्ने समयसीमा बुझिदिन आग्रह गरेका थिए  ।

प्रकाशित: २२ जेष्ठ २०८० ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App