१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

कार्यविधिमाथि छलफल

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समितिको प्रस्तावित कार्यविधिमाथि छलफल गरेको छ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित कार्यविधिमाथि छलफल गर्दै आगामी बैठकमा पेश गर्ने निर्णय गरेको समितिका उपसचिव पुष्पप्रकाश खनालले जानकारी दिए।

 ‘प्रस्तावित कार्यविधिमाथि संशोधन गर्नुपर्ने देखियो। प्रत्येक दलबाट एक–एक जना समिति सदस्य मिलेर कार्यविधिलाई टुङ्ग्याउनुहुन्छ’, उनले भने, ‘अर्को बैठकमा टुङ्ग्याइएको कार्यविधि पेश गरेर पारित हुन्छ ।’

उनका अनुसार अर्को बैठक यही जेठ १८ गते र पूर्ण बैठक यही जेठ २१ गते बस्ने छ । ज्येष्ठ सदस्य कालुराम राईको अध्यक्षमा बैठक बसेको थियो । समितिको कार्यक्षेत्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय रहेको छ।–––

प्रकाशित: १६ जेष्ठ २०८० १३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App