१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

स्थानीय तहको मतगणना मतदान केन्द्रमै गर्दा राम्रो: उप्रेती

काठमाडौं- पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय तहको निर्वाचनको मतगणना मतदान केन्द्रमै गर्न मिल्नेगरि स्थानीय तह निर्वाचन ऐनमा भएको प्रावधानलाई संशोधन गर्नुपर्ने सुझाव दिएका छन्।

शुक्रबार रिपोर्टर्स क्लबमा बोल्दै उनले निर्वाचन सम्पन्न भएलगत्तै मतपरिणाम निर्वाचन केन्द्रमै गणना गर्नुपर्ने बताएका हुन्। उनले भने,‘मतपरिणाम अन द स्पट गणना गर्दा राम्रो हुन्छ, मतपत्र बोकेर सदरमुकाम धाउने काम गर्नुहुँदैन, यस्तो भयो भने ३ घण्टाभित्रै निर्वाचनको परिणाम आउँछ।’

उनले विश्वका धेरै देशहरुमा स्थानीय तहको निर्वाचनको मतगणना निर्वाचन केन्द्रमै गरिने गरेको उदाहरण पेश गर्दै भने,‘हाम्रो देशमा पनि अब यसलाई लागु गर्नुपर्छ।’ चुनाव आउने अब जम्मा ५० दिन बाँकी रहेकोले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नको लागि चूनौतिका बक्रेल्ती पर्खाल रहेको बताउँदै उप्रेतीले भने,‘पहिलो र प्रमुख चूनौति भनेको दलीय सहमति कायम गर्नुपर्छ, निर्वाचन सबैलाई चाहिएको छ, यसको लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरु चुनावमा भाग लिन जरुरी छ।’

धेरै लामो समयपछि स्थानीय तहको निर्वाचन हुन गैरहेकोले उक्त निर्वाचन ऐतिहाँसिक निर्वाचन हुने बताउँदै उनले भने,‘८५ लाख नयाँ मतदाता छन्, त्यसैले कुनैपनि स्थान्मा निर्वाचन रोक्नुहुँदैन्, तर रोक्नुहुँदैन भन्ने नाममा लोकतन्त्रमा जबरजस्ती गर्ने कुरापनि आउँदैन्।’

प्रकाशित: ११ चैत्र २०७३ ०९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App