२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

स्थानीय निर्वाचनका लागि जस्तोसुकै सहयोग गर्न तयार छौं : मोदी

काठमाडौं- भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। मोदीसँगको भेटवार्तामा उपप्रधान तथा गृहमन्त्री निधीले कञ्चनपुर घटनाबारे कुरा उठाएको निधिको सचिवालयले जनाएको छ।

स्थानीय निर्वाचनका लागि सबैखाले सहयोग गर्न भारत तयार रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ

भेटका क्रममा नेपालमा आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भारतले ‘लजिस्टिक सपोर्ट’ गर्न निधिले आग्रह गरेका थिए। जवाफमा मोदीले स्थानीय निर्वाचनका लागि जस्तोसुकै सहयोग गर्न भारत तयार रहेको बताएका थिए।

अर्को प्रसङ्गमा मोदीले कञ्चनपुर घटनाका विषयमा आफूले विदेशमन्त्री, गृहमन्त्री र सुरक्षा सल्लाहकारसँग छलफल गरिसेको जानकारी दिए

यसैगरी भारतमा हालै भएका प्रान्तिय निर्वाचनमा प्रधानमन्त्री मोदीको पार्टीले सफलता हात पारेको प्रति नेपाल सरकार, नेपाली जनता, पार्टी सभापति शेरबहादुर देउवा र आफ्नो व्यक्तिगत तर्फबाट निधिले बधाई दिएका थिए।त्यसैगरी उनले कञ्चनपुर घटनाको विषयमा सुक्ष्म अध्ययन भइरहेको र दोषीलाई काराबाही गर्न भारत सरकार तयार रहेको पनि उल्ल्ले गरे। आसन्न स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने सबै सहयोग गर्न तयार रहेको पनि बताए। प्रति आतंकबाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन चार दिनअघि निधि नयाँ दिल्ली पुगेका थिए।

भारतीय प्रधानमन्त्रीको सरकारी निवास लोक कल्याण मार्गमा भएको भेटवार्तामा भारतकालागि नेपालका राजदूत दीपकुमार उपाध्याय पनि सहभागि थिए।  

 

प्रकाशित: ४ चैत्र २०७३ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App