१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गाउँपालिका उद्‍घाटन गर्न गएका कर्मचारी स्थानीयको नियन्त्रणमा

दाङ- गाउँपालिकाको कार्यालय उद्‍घाटन गर्न हिँडेका तीनजना कर्मचारीहरुलाई शुक्रवार रोल्पामा स्थानीयले नियन्त्रणमा लिएका छन्। गाउँपालिकाको केन्द्र विवादका कारण स्थानीयले  रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालय उद्‍घाटन गर्न हिँडेका कार्यकारी प्रमुख सहित ३ जनालाई केही घण्टा नियन्त्रणमा लिएर छोडेका छन्। स्थानीयले कार्यकारी प्रमुख कमन गिरी, वडा सचिव चन्द्र शर्मा र होमजगं विकलाई नियन्त्रणमा लिएका हुन्।

त्रिवेणि गाउँपालिकाको केन्द्र जुंगारमा खोल्ने निर्णय विरुद्ध नुवागउँ, गैरीगाउँका स्थानीय उत्रिएका छन्। जुँगारमा गाउँपालिका उद्‍घाटन गरी सेवा सुरु गर्न हिडेका कार्यालय प्रमुख सहित कर्मारीहरुलाई बिहानै वुढागाउँको सिमपानीमा रहेका केहि युवाले मोटरसाइकलबाट झारेर ग  १ ज ४५१६ नं. को जिपमा चढाएर लगेका थिए।  खवर पाएपछि होलेरी बाट गएको प्रहरीले ति कर्मचारीहरुलाई दहवन नजिकै फेला पारेको थियो । ‘दहवनमा छोडेर उनीहरु भागेका रहेछन्,’उक्त टोलीमा खटिएका एक प्रहरीले भने ‘उहाँहरुलाई पछि हामीहरुले कार्यालयमा ल्यायौँ ।’

जुँगारमा गाउँपालिका केन्द्र आँफुहरुलाई अपायक पर्ने भएकाले करेटी, गैरिगाउ र नुवागाउको जनताको सहयोगमा आँफुहरुले कर्मचारीरुलाई जुँगार पस्न नदिएको नियन्त्रणमा लिएका मध्येका एक व्यक्तिले जनाए। ‘जुगारमा कार्यालय स्थापना हुन दिदैनौ’ कर्मचारी नियन्त्रणमा लिन अगुवाइ गरेका स्थानीय निमप्रशाद रोकाले भने । त्रिवेणी गाउपालिकामा करेटी नुवागाउ, वुढागाउँ, गैरिगाउँ र जुगार गाविस समेटिएका छन्।

जुंगारमा गाउँपालिकाको केन्द्र आँफुहरुलाई कुनै पनि हालतम मान्य नहुने भन्दै आन्दोलनका रहेका स्थानीयहरुले त्रिवेणी र दहवनमा सडक अवरुद्ध गरेका छन्।

 

प्रकाशित: ४ चैत्र २०७३ १०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App