१६ चैत्र २०८० शुक्रबार
राजनीति

‘नक्कली शरणार्थी काण्डले गौरव र इज्जत लोप भयो’

पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार धनगढीमा अभिनन्दन गरिएको छ। समारोहमा पूर्वराजा शाहलाई डेढ दर्जनभन्दा बढी नागरिक र समाजिक संस्थाले नागरिक अभिनन्दन गरेका थिए।

समारोहमा पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वराजाका नातिनिहरूको उपस्थिति थियो। सो समारोहलाई सम्बोधन गर्दै पूर्वराजा शाहले आँखा रसाउने गरी देशको दारुण अवस्था भएको उल्लेख गर्दै नेपाली माटोलाई सम्झेर सोच बदल्ने बेला आएको बताए। ‘के, कस्तो, कुन राष्ट्रिय दृष्टिकोण, प्रणाली र पद्धति अगाल्ने भनेर मनभित्रै बाट सोच्ने बेला आएको छ,’ उनले भने।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार धनगढीमा अभिनन्दन गरिएको छ। समारोहमा पूर्वराजा शाहलाई डेढ दर्जनभन्दा बढी नागरिक र समाजिक संस्थाले नागरिक अभिनन्दन गरेका थिए।

आफ्नो भूभाग र राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम र पसिना बगाउन पठाएर जे हर्कत गरिएका छन्, यस्ले हाम्रो गौरव र इज्जत लोप भएको शाहले बताए।

देशभित्र बसौं, देशमै पसिना बगाऔं र आफ्नै पौरखले देश सपारौं भन्ने भावना हराउँदै गएको उल्लेख गर्दै नयाँ नेपाल र अग्रगामी भनेको परामाबलम्वी यही हो भनेर उनले प्रश्न गरे।

‘वीर, परिश्रमी र स्वाभिमानी नेपाल तर हाम्रो विरता, श्रम, स्वाभिमान र सिप खोसिएको त हैन?,’ उनले भने, ‘यस्तो दारुण दृष्य देखिँदा सवैको आँखा रसाउँदै गएको छ। देश भन्दा ठूलो केही हुँदैन भन्दै देशको भविष्यको सपना पूरा गर्न जनतालाई नै जिम्मा दिनुपर्ने उनले बताए।

देशभित्र बसौं, देशमै पसिना बगाऔं र आफ्नै पौरखले देश सपारौं भन्ने भावना हराउँदै गएको उल्लेख गर्दै नयाँ नेपाल र अग्रगामी भनेको परामाबलम्वी यही हो भनेर उनले प्रश्न गरे।

पूर्वमन्त्री जयन्त चन्दको सयोजकत्वको नागरिक अभिनन्दन मूल समारोह समितिले आयोजना गरेको नागरिक अभिनन्दन समारोहमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र आइतबार नेपालगन्ज हुँदै धनगढी आएका थिए।  

प्रकाशित: १० जेष्ठ २०८० ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App