काठमाडौं – संघीय समाजवादी फोरमले सरकारसँगको समर्थन फिर्ता लिएको छ ।
“मोर्चाले औपचारिक रुपमा समर्थन फिर्ता लिएको छ, फोरमसँगै मोर्चामा आवद्ध अरु दलहरूले पनि सभामुखलाई भेटेर चिठी बुझाउने कार्य भइरहेको छ । ” - नेता शिवजी यादव
फोरमले सभामुख ओनसरी घर्तिलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी गराएको हो । फोरम नेपालको तर्फबाट संसदीय दलका नेता अशोक राईले हस्ताक्षर गरेको चिठी नेता शिवजी यादवले सभामुखलाई बुझाउँदै चैत २ गतेबाट औपचारिक रुपमा समर्थन फिर्ता लिएको नागरिक न्युजलाई जानकारी दिए ।
नागरिकसँग कुरा गर्दै उनले भने “मोर्चाले औपचारिक रुपमा समर्थन फिर्ता लिएको छ, फोरमसँगै मोर्चामा आवद्ध अरु दलहरूले पनि सभामुखलाई भेटेर चिठी बुझाउने कार्य भइरहेको छ । ”
मोर्चाको बैठक तमलोपा पार्टी कार्यालय बिजुलिबजारमा बसिरहेको छ ।
प्रकाशित: २ चैत्र २०७३ ०९:५२ बुधबार