१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले नेताको बाटो छेक्न मोर्चाद्वारा सुरक्षाकर्मीमाथि ढुंगामुढा, प्रहरीद्वारा हवाई फायर

सोनपुरमा मधेशी मोर्चाको कार्यकर्ता नियनन्त्रणमा लिदै प्रहरी

कोहलपुर— एमालेको मेची(महाकाली अभियान बिथोल्ने प्रयसा गरिरहेको मधेसी कार्यकर्तासँग प्रहरीको झडप भएको छ। नेपालगञ्ज–बर्दिया रोड सोनपुरमा दुई पक्षबीच झडप भएको हो। 

'बालबालिकाको प्रयोगरी प्रहरीमाथि ढुंगा हान्ने काम भइरहेको छ। सुरक्षाकर्मीमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ', बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले नागरिकन्युजसँग भने।

हरीमाथि ढुंगामुढा गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। झडप भइरहेको स्थान एमालेको मेची(महाकाली अभियानको सभा भइरहेभन्दा ७ किलोमिटर पश्चिम हो।

मोर्चा कार्यकर्ताले बालबालिका प्रयोग गरी सुरक्षाकर्मीमाथि ढुंगामुढा गरिरहेको प्रहरीले जनाएको छ। भिडन्त सुरु भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको छ। लाठी चार्ज गर्दा स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको जनाएको छ।

'बालबालिकाको प्रयोगरी प्रहरीमाथि ढुंगा हान्ने काम भइरहेको छ। सुरक्षाकर्मीमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ', बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले नागरिकन्युजसँग भने।

नेपालगञ्ज सभामा सहभागी भइरहेका एमाले नेताहरु आजै बर्दिया जाँदैछन्। एमाले नेताहरु झडप भइरहेको सडक हुँदै बर्दिया जानुपर्ने हुन्छ। एमाले नेताहरुको बाटो छेक्न मोर्चाले सो सडक अवरुद्ध पार्ने प्रयास गरिरहेको हो।

गोन्नापुरमा गाउँबाट सडकमा रहेका सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने काम भइरहेको हो। बिहानैदेखि सडक बन्द गराउँदै हिँडेका मोर्चा कार्यकर्ता २ बजेदेखि झन् उत्तेजित भएका छन्। मोर्चाले सोमबार एमालेको सभा बिथोल्न बन्दको आह्वान गरेको छ। जबर्जस्ती बन्द गराउँदै हिँडेका मोर्चा कार्यकर्तालाई सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा झडप भएको हो।

यसैबीच मोर्चाका कार्यकताले यही सडक खण्डको मानखोला नजिक बर्दियाको मानपुरमा एक बसमा आगजनी गरेका छन्। एमाले पार्टी कार्यकर्ता बोक्न हिँडेको भे १ ख २०४२ नम्बरको बसमा उनीहरुले आगजनी गरेका हुन्।

बसका तीन वटा सिटमा नोक्सानी भएको बाँके प्रहरीले जनाएको छ। मोर्चा कार्यकर्ताले बसमा लगाएको आगो नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App