४ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले अभियान हेटौंडाबाट शुरू हुन्छ, राेकिँदैनः अाचार्य

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले आफ्नो पार्टीले २७ गतेबाट हेटौंडाबाट आफ्नो अभियान सुरु गर्ने बताएका छन्। 

‘हामी सभा गर्छौं, कसैले पनि रोक्न सक्दैन्, लोकतन्त्रमा आफ्नो कुरा राख्न नपाउने भन्ने हुन्छ ?,’ बुधबार रिपोर्टर्स क्लमा उनले भने, ‘मधेशी मोर्चाले जनतालाई शोषण गर्ने काम गरिरहेको छ।’ 

एमालेले २७ गतेबाट अभियान सुरु गर्ने र चितवन हुँदै हामी पश्चिमतिर लाग्ने बताए ।  ‘हामी २ नम्बर प्रदेशमा पनि कार्यक्रम गर्छौं, अहिलेलाई स्थगित् गरेको मात्रै हो, किनकी हाम्रो निर्धारित कार्यक्रम भएकोले २७ गते हामी हेटौडौं जान्छौं,’ उनले भने। 

उनले आफ्नो पार्टीका बारेमा मधेशी जनताहरुकाबीचमा भ्रमहरु फैलाउने काम गरिएकोले उक्त भ्रम चिर्नको लागि पनि आफूहरु मधेश झरेको स्पष्ट पारे। 

‘संविधान कार्यान्वयन गर्नुपर्छ, र त्यसको लागि निर्वाचन गर्नुपर्छ, हामी त्यसैको लागि अभियानमा छौं,’ उनले भने। 

आफूहरुको अभियान देखेर मधेशी मोर्चा आत्तिएको र सप्तरीमा त्यस्तो घटना घटाइएको उनले आरोप लगाए। ‘मोर्चाले षड्यन्त्र गर्यो, सरकारले साथ दियो,’ उनले भने, ‘उनले सभा भाँड्ने काम पनि मोर्चा र सरकारको मिलेमतोमा भएको थियो।’

‘हाम्रो सभामा १० हजार मानिस थिए, हामीले चाहेको भए सशक्त प्रतिकार गर्न सक्थ्यौं, तर हामी क्षति नहोस् भन्नेमा सचेत थियौं।’

 

प्रकाशित: २५ फाल्गुन २०७३ ११:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App