१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रश्नोत्तर जीवन्त भयो, प्रधानमन्त्रीले खदिलो ढंगले उत्तर दिनुभयोः सांसद सापकोटा

नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर जीवन्त भएको बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सापकोटाले प्रधानमन्त्रीले सांसदहरुसँग गर्नुभएको प्रश्नोत्तर कार्यक्रम जीवन्त भएको टिप्पणी गरेका हुन्।

उनले प्रधानमन्त्रीले लेखेर ल्याएको कुरालाई मात्रै नराखी आज बिहानसम्मका घटनाक्रमहरुलाई समेटेर खदिलो ढंगले प्रश्नको उत्तर दिएको बताए। प्रश्नोत्तरलाई नियमित र  प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

उनले भने, ‘जीवन्त जस्तो नै लाग्यो। प्रधानमन्त्रीले पूर्वतयारी र लेखेर ल्याएको कुरालाई मात्रै राख्नुभएको थिएन। आएका र आज बिहानसम्मका घटनाक्रमलाई समेत समेटेर अधिकतम खदिलो ढंगले प्रश्नको उत्तर दिनुभएको थियो। त्यसरी हेर्दाखेरी मलाई लाग्छ यो जीवन्त जस्तो र यसलाई नियमित र प्रभावकारी बनाउनु नै उत्तम हुन्छ जस्तो लाग्छ। पहिले प्रश्न दिनुपर्ने मोडेल नै ठिक लाग्यो । तथ्य तथ्यांकमा पूर्व तयारी गरेर आउनेहुन्छ।’

प्रकाशित: ४ जेष्ठ २०८० १२:४१ बिहीबार

माधव सापकोटा