४ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

मेची- महाकाली अभियानमा ५० लाख सहभागी हुने एमाले दावी

इटहरी- नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानमा ५० लाख जनता प्रत्यक्ष सहभागी हुने नेकपा एमालेले दावी गरेको छ।  

एमालेका सचिब तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सुनसरीको इटहरीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा १५ दिने अभियानमा तराईका २२ जिल्लासँगै पहाडी र हिमाली जिल्लाका पनि अभियानमा जोडिने बताए। शनिबारदेखि झापाको काकडभिट्टाबाट एमालेले अभियान थाल्नेछ।

‘अभियानमा ५० लाख जनता प्रत्यक्ष संलग्न हुनेछन्। तिनै संलग्न भएकामार्फत अरु ५० लाखमा सन्देश पुग्ने आशा छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘अभियानमा साना र ठूला गरि ३५ वटा आमभसा हुनेछन्।’ अभियानमा एक हजारभन्दा बढी स्थायी अभियन्ता हुने र दुई सय स्थायी स्वयम्सेवक हुने भट्टराईले जानकारी दिए। स्थायी स्वयम्सेवकबाहेक हरेक जिल्लामा पनि हुने र हरेक जिल्लैपिच्छे अभियानमा सहभागी हुनेको संख्या हुने उनले बताए।

हरेक नेपालीबीच मित्रताको हात फैलाउन र मुलुकको राष्ट्रिय एकता र सार्वभौमसत्ता कमजोर भएको बेला एकता सुदृढ गर्न नयाँ शैली अप्नाएको नेता भट्टराईले बताए। ‘अभियानले सरकारले घोषणा गरेको आगामी बर्षको वैसाख ३१ गते निर्वाचन गराउन र २०७४ माघ महिनाभित्र तिनै तहको निर्वाचन गराउन पनि दबाब पुग्नेछ,’ उनले पत्रकार सम्मेलनमा भने।

पत्रकार सम्मेलनमा एमाले सचिब तथा पूर्वाञ्चल इन्चार्ज भिम आचार्यले सामाजिक सद्भाव बलियो पार्न र लोकतन्त्रलाई सुदृढ बनाउनकै लागि अभियान गर्नुपरेको बताए। उनले संविधान संसोधन मेधसी जनताको हितमा नभएको बरु विदेशी नागरिकको अनुकुल मात्र हुने जिकिर गरे।

प्रकाशित: २० फाल्गुन २०७३ १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App