२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

छिटो निर्वाचनको मिति घोषणा गर्न पूर्व सांसद मञ्चको आग्रह

काठमाडौँ-पूर्व सांसद मञ्च नेपालले निर्वाचन कानुन शीघ्र पारित गरी अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
मञ्चको आइतबार बसेको सचिवालय बैठकले २०७४ साल माघसम्ममा स्थानीय तह, प्रदेश सभा र संसद्को निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्थालाई हेक्कामा राख्न संसद् र राजनीतिक दललाई सुझाव दिएको छ ।

अब केही दिनभित्रै निर्वाचनसम्बन्धी कानुन नआउने हो र चुनावको मिति घोषणा नहुने हो भने आगामी जेठभित्र चुनाव गराउने सम्भावना रहन्न भन्ने कुराप्रति सचेत रहन पनि मञ्चले आग्रह गरेको छ ।

नेपालको संविधानले संसद् सदस्य रहेको व्यक्तिमात्र मन्त्रिपरिषद्मा जान सक्ने व्यवस्था किटानी गरेकामा त्यस विपरीत निर्वाचन आयोगबाटै खारेज भएको दलका व्यक्तिलाई मन्त्रिपरिषद्मा नियुक्त गर्ने कार्यबाट संविधानको उल्लङ्घन भएकोतर्फ सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ ।

मञ्चका महासचिव शङ्करनाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “यस्ता कार्यले राजनीतिमा नैतिक मूल्य मान्यताको ह्रास हुँदै जानेछ । यसलाई समयमै सच्याउन सचिवालय सरकारको ध्यान आकृष्ट गर्दछ ।” रासस

प्रकाशित: १० माघ २०७३ ०९:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App