१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

हिरक महोत्सव उद्‍घाटन गर्न प्रधानमन्त्री ताप्लेजुङ आउँदै

ताप्लेजुङ- कञ्चनजंघा हिरक महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार अपरान्ह ताप्लेजुङ आउने भएका छन्। सदरमुकाम फुङलिङभन्दा ८ किलोमिटर टाढाको सुकेटारमा आयोजित हिरक महोस्तव उद्घाटनका लागि उनी अपरान्ह १ बजे राजधानीबाट सुकेटारका लागि प्रस्थान गर्ने महोत्सव मूल आयोजक समितिका संयोजक पि छोवाङ शेर्पाले जानकारी दिए।

उनका साथ पर्यटनमन्त्री जीवनकुमार शाही, श्रम मन्त्री सूर्यमान गुरुङ, सञ्चार मन्त्री सुरेन्द्र कार्की आधा दर्जन बढी सांसदसमेत सहभागी थिए। कञ्चनजंघा आरोहणको ६० वर्ष पुगेको अवसरमा मंसिर ७ देखि ९ सम्म ताप्लेजुङको सुकेटार कञ्चनजंघा हिरक महोत्सव मनाइँदैछ।

प्रकाशित: ७ मंसिर २०७३ ०६:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App