८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रपति निर्वाचनको मत गणना सुरु

राष्ट्रपति निर्वाचनको मत गणना कार्य सुरु भएको छ।

मतदान सकिएको करिब ४५ मिनेटपछि मत गणना कार्य सुरु भएको हो। संसद् भवन नयाँ बानेश्वरमा यति बेला राष्ट्रपतिका लागि मत गणना कार्य सुरु भएको हो।

राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्। 

निर्वाचन आयोगले आज साँझ सभा सात बजेभित्र नै मत गणना सकी नतिजा सार्वजनिक गर्ने बताएको छ। बिहान १० बजे सुरु भएको मतदान पौने ३ बजे सकिएको थियो।

प्रकाशित: २५ फाल्गुन २०७९ १०:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App