६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कसैले चाहेर वर्तमान सत्ता गठबन्धन भत्कदैन्: नारायणकाजी श्रेष्ठ

उपप्रधान, भौतिक पूवार्धार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ सुर्खेत विमानस्थलमा पत्रकार भेटघाटमा बोल्दै। तस्बिर: गोविन्द केसी/नागरिक

उपप्रधान, भौतिक पूवार्धार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सत्ता गठबन्धन कसैले चाहेर नभत्कने बताएका छन्।

सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सत्ता गठबन्धन कसैले चाहेर नभत्कने बताएका हुन्।

उनले सरकार भत्काउने बिषयलाई लिएर प्रतिगमनकारी तत्वलाई अगाडी बढ्न नदिने चेतावनी दिए। श्रेष्ठले सरकारमा आवद्ध दलहरुबीच विश्वासको वातावरण हुनुपर्ने भन्दै भने, ‘प्रतिगमनलाई कुनैपनि हालतमा हामी अगाडी बढाउन चाहादैनौं र, त्यसो हुन दिन्नौं।’

‘सत्तारुढ गठबन्धन दल कसैले चाहेर भत्किदैन।’ श्रेष्ठले भने, 'अहिले सरकार चलाइरहेका दलले विश्वासको वातावरण सिर्जना गर्न सक्नुपर्छ। हामी त्यस्तो परिस्थित नहोस् भन्ने चाहान्छौं।’

उनले देशमा सुशासन स्थापित गर्दै सामाजिक न्यायसहित समृद्धिको लक्ष्य हासिल गर्नु सरकारको मुख्य कार्यभार रहेका बताए। सरकारले मुख्यतया चार वटा राष्ट्रिय कार्यभारलाई आत्मसाथ गर्दै अगाडी बढिरहेको उनले जानकारी दिए।

‘चार वटा राष्ट्रिय कार्यभार राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरण गर्नु, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा र कार्यान्वयन गर्नु, राजनीतिक परिवर्तन र त्यसबाट प्राप्त उपलब्धीलाई माध्यम बनाएर सामाजिक, आर्थिक क्षेत्रमा विस्तार गरी सामाजिक न्याय सहितको समृद्धि हासिल, शान्ति प्रक्रियाको बाँकी कार्यहरु वेपत्ता छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका काम पूरा गरेर संक्रमणकालीन न्यायसँग सम्बन्धित काम सम्पन्न गर्नु चौथौं कार्यभार रहेको श्रेष्ठले बताए। चार कार्यभार राष्ट्रिय आवश्यकता रहेको भन्दै यसलाई कार्यान्वयन गर्न सरकार सुरुदेखि लागिरहेको उनको भनाइ छ।

सरकारको नीति तथा कार्यक्रममा प्राथमिकताको निर्धारण, पहिलो मन्त्रिपरिषद्को निर्णय, प्रधानमन्त्रीद्वारा सचिवहरुलाई निर्देशन र प्रतिनिधि सभामा भएको सम्बोधनले सरकारले चरणवद्ध रुपमा कामहरु गरिरहेको श्रेष्ठले जिकिर गरे।

सरकारले कामहरु कार्यान्वयन गर्न सबै मन्त्रालयबाट एकीकृत कार्ययोजना समेत बनाइसकेको उनको भनाइ छ।  

प्रकाशित: ४ फाल्गुन २०७९ १४:१९ बिहीबार

नारायणकाजी श्रेष्ठ