२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

नेपाल–भारत संयुक्त विज्ञिप्तिप्रति ओलीको आपत्ति

मंगलरबार संसदमा सम्बाेधन गर्दै एमाले अध्यक्ष केपी अाेली। तस्बर: दिपेश श्रेष्ठ

काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणले अनावश्यक भूमिका आमन्त्रण गरेको भन्दै आपत्ति जनाएका छन्। ‘प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धमा सुधार आयो भन्नुभएको छ’, मंगलबार संसदमा बोल्दै उनले भने, ‘के कुरामा सप्रियो सम्बन्ध? नाकाबन्दी खुलाउनु भयो कि कुनै रोकिएको सन्धि सम्झौता गर्नु भयो कि ?’

‘प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धमा सुधार आयो भन्नुभएको छ’, मंगलबार संसदमा बोल्दै उनले भने, ‘के कुरामा सप्रियो सम्बन्ध? नाकाबन्दी खुलाउनु भयो कि कुनै रोकिएको सन्धि सम्झौता गर्नु भयो कि ?’

प्रधानमन्त्रीको भारत भ्रमण क्रममा जारी भएको नेपाल—भारत संयुक्त विज्ञप्तिले भारतलाई अनावश्यक रुपमा आमन्त्रण गरेको भन्दै ओलीले सो विज्ञप्तिप्रति आपत्ति जनाए ।

‘संयुक्त विज्ञप्ति बुँदा नं. ११ र १३ तथा संविधान संशोधनसम्बन्धी उल्लेख भएको बुँदामा एमालेको असहमति छ। त्यसको एमाले विरोध गर्दछ’, उनले भने। यति मात्रै हुन् कि अरु पनि छन् सम्बन्ध सुधार भएका कुराहरु? भनेर उनले व्यंग्य गरे।

 

प्रकाशित: ११ आश्विन २०७३ ०६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App