३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

उद्योग मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुन्छौं: अध्यक्ष राउत

फाइल तस्बिर

जनमत पार्टीका अध्यक्ष सिके राउतले आफूहरुले उद्योग मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने बताएका छन्।  

संसद बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले आफूहरुले उद्योग मन्त्रालय पाए मात्रै सरकारमा सहभागि हुने बताएका हुन्।

उनले आफूहरु सरकारमा काम गर्न जाने भन्दै सो मन्त्रालयबाट मात्रै आफूहरुको एजेण्डा कार्यान्वयन गर्न सहज हुने बताए। 

उनले भने,‘सहमति अनुसार मन्त्रालय हुनुपर्छ। उद्योग मन्त्रालय पायो भने हाम्रो एजेण्डा कार्यान्वयन गर्न सहज हुन्छ। हामी काम गर्नका लागि जाने हो। हामीलाई उद्योग मन्त्रालय दिने औपचारिक जानकारी छैन। हामी आशा गर्छौं कि अर्को मन्त्रिपरिषद् बैठकबाट यो कुरा टुंगिन्छ।’

प्रकाशित: १० माघ २०७९ १२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App