४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

जसपा संसदीय दलको नेतामा मुख्यमन्त्री राउत र निवर्तमान सभामुख यादवले दिए उम्मेदवारी

मधेश प्रदेशमा संसदीय दलको नेता चयन गर्न जनता समाजवादी  पार्टीले आज निर्वाचन गराउदै छ। दलको नेता बन्न दुईजनाले उम्मेदवारी दर्ता गराएका छ।

जनकपुरधाम स्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचनमा मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान सभामुख सरोज यादवले उम्मेदवारी दर्ता गराएका छन्।

राउतको प्रस्तावक सिंह हासन साह कलबार र समर्थक शेख अब्दुल कलाम रहेको छ। त्यस्तै यादवको प्रस्तावक ललिता दास र समर्थक सजिता खातुन रहेको निर्वाचन समितिले जानकारी दिए।

उम्मेदवारी फिर्ता लिने समय ३स्३० बजे सम्म रहेको निर्वाचन समितिले जनाइएको छ। कसैले उम्मेदवारी फिर्ता नलिएमा दिउँसो ५ देखि ६ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाए।

मधेश प्रदेशसभामा तेस्रो ठूलो दल हो। कांग्रेसको १६ रहेपनि १५ सांसदले मात्रै मतदानमा सहभागी हुने भएको छ। समानुपातिक सांसद बिन्दु कुमारी यादव उपचारको दिल्लीमा छिन्।

प्रकाशित: २५ पुस २०७९ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App