१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादी र जनता समाजवादीले विश्वासको मत दिनेमा दाहाल विश्वस्त

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले आफुलाई विश्वासको मत दिनेमा विश्वस्त रहेका छन।

आज विहान  (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा  नेकपा (एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको  भेटघाट भएपछि दाहाल दुवै पार्टीले विश्वासको मत दिनेमा विश्वस्त भएका हुन।  

दुई नेतासंगको भेटपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले भेटमा दुई राजनीतिक दलहरु सकारात्मक रहेको र विश्वासको मत दिनेमा विश्वस्त रहेको बताए। प्रधानमन्त्री दाहाललाई जनता समाजवादी पार्टीले समर्थन गरेको छ भने नेकपा (एकीकृत समाजवादीले कुनै निर्णय लिएको छैन।  

दाहालले पुस २६ गते संसदको दोश्रो बैठकमा  विश्वासको मत लिने कार्यक्रम रहेको छ। 

प्रकाशित: २४ पुस २०७९ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App