७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनताले परिवर्तनको आभाष गर्नेगरी न्युनतम साझा कार्यक्रम बनेको छः मुकुल ढकाल

न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले न्युनतम साझा कार्यक्रम तयार भएको बताएको छ।

शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले सरकारका न्युनतम साझा कार्यक्रम तयार भएको जनाएको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले आफ्नो प्रतिवेदनलाई पूर्णता दिएको बताए। उनले शनिबार शीर्ष नेताहरुको संयन्त्रमा सरकारका न्युनतम साझा कार्यक्रमहरु प्रस्तुत गर्ने बताए।

न्युनतम साझा कार्यक्रम जनताको डेलिभरिको पक्षमा रहेको र परिवर्तनको आभाष हुनेगरी न्युनतम साझा कार्यक्रम आएको उनको दाबी छ। उनले न्युनतम साझा कार्यक्रम यो सरकार जनतालाई केही दिने सरकार हो भन्ने महशुस गराउने गरी न्युनतम साझा कार्यक्रम तयार पारेको बताए।  

प्रकाशित: २२ पुस २०७९ ११:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App