१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

यातायातमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच भेटवार्ता

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ।

राजदूत थम्पसन आज सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रेष्ठलाई बधाई दिन पुगेका थिए। राजदूत थम्पसन तीन महिना पहिले मात्रै काठमाडौँस्थित दूतावासमा जिम्मेवारी सम्हाल्न आएका थिए।  

राजदूत थम्पसनले नेपाल र अमेरिकाबीच पुरानो र मजबुत सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। 

प्रकाशित: २२ पुस २०७९ ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App