माओवादी केन्द्र सहितको सात दलिय गठबन्धनको आयु धेरै लामो नहुने नेपाली काँग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले बताएका छन।
आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेता महतले स्थानीय चुनाव र प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा गठबन्धन गरेर चुनाव लडेको माओवादी केन्द्रसंगको गठबन्धन नेपाली काग्रेसले तोडेको नभई परिस्थितिले त्यस्तो बनाएको जानकारी दिए।अहिलेको गठबन्धन विपरीत लक्ष्य भएका पार्टीहरू बिच भएकोले यो जनताको पक्षमा भन्दा तत्काल पद र भूमिकाको स्वार्थमा बनेकाले यस्को आयुमा शंका गरेको जानकारी दिए।
अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा राजतन्त्रबादी, गणतन्त्रबादी , संघियता विरोधी र समर्थक एक्कै ठाउँमा भएकाले यसको निरन्तरतामा शंका गर्न सकिने प्रशस्त आधार भएको जानकारी पनि नेपाली काँग्रेस प्रवक्ता डाक्टर प्रकाश शरण महतले दिए।
महतले संसदमा ठुलो दल हुँदा हुँदै नेपाली काग्रेस प्रतिपक्षमा बस्न परेकोे सुनाउँदै मर्यादित र संसदीय मान्यता अनुसार सशक्त प्रतिपक्षको भूमिका निभाउन आफ्नो पार्टी लागि पर्ने बताए।
२५ गते संसदको पहिलो बैठक बसे पछि २८ गते केन्द्रीय समितिको बैठक बसेर पार्टीको बृहत् समीक्षा गर्ने पनि उनले जानकारी दिए। काग्रेसले तत्काल भातृ संगठन र विभागहरूलाई गतिशीलता दिने पनि उनले जानकारी दिए।
प्रकाशित: २० पुस २०७९ १०:१० बुधबार