९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

दाहालले लिए प्रधानमन्त्रीकाे सपथ, तीन जना उपप्रधानमन्त्री

नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनियताको सपथ लिएका छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डरीले सपथ ग्रहण गराएकी हुन्।

यसैगरी सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमालेले उपमहासचिव बिष्णुप्रसाद पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीका रुपमा सपथ लिएका छन्। 

यसैगरी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रीको रुपमा सपथ लिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।

यसैगरी एमालेका तर्फबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द« राईले पनि अहिलेलाई बिना विभागीय मन्त्रीका रुपमा सपथ लिएका छन्। भने जनमत पार्टीका तर्फबाट वरिष्ठ उपाध्यक्ष अब्दुल खानले सपथ लिएका छन्। यी मन्त्रीको कार्यभार भने पछि तोकिने बताइएको छ।

प्रकाशित: ११ पुस २०७९ १०:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App