१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

डब्ल्यूएफपीले कुहिएको चामल यसरी नष्ट गर्‍यो

गोरखा– लाप्राकका भूकम्पपिडितलाई वितरण गर्दा कुहिएको भेटिएर फिर्ता ल्याएको चामल विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले सोमबार नष्ट गरेको छ।

 wfp_91.jpg

गोरखाको देउराली गाविस ५ मझुवामा रहेको स्टोरको काम्पाउण्ड भित्रै खाल्डो खनेर (७.८) मेट्रिक टन चामल नष्ट गरिएको हो।wfp_81.jpg
जेसिभिले डोजरले खाल्डो खनेर बोराको चामल खाल्डोमा पुरिएको हो।

wfp_61.jpg

कुहिएको भेटिएर बोरामै रहेको चामल खाल्डोमा खन्याउँदा सबैजसो बोराबाट डल्ला परेका, ढुसी आएको चामल देखिएको थियो।

wfp_51.jpg

जेठ अन्तिम साता त्यहाँ लगिएको चार सय १७ बोरा मध्ये एक सय २० बोरा चामल कुहिएको भेटिएपछि डब्लुएफपीले जेठ १७ गते फिर्ता ल्याएर नकुहिएको चामल पठाएको थियो।
wfp_41.jpg
कुहिएको चामल भेटिएपछि खाद्य तथा गुण नियन्त्रण विभागले समेत उक्त चामलको ल्याब परीक्षण गर्दा मानव स्वास्थ्यका लागि अयोग्य रहेको पुष्टि गरेको थियो।

wfp_31.jpg

विभागले जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्राचार गर्दै उक्त चामल नष्ट गर्न भनेपछि करिब एक महिनापछि चामल नष्ट गरिएको हो।

wfp_21.jpg

wfp_11.jpg

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App