११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

क्यामरालाई कैद गर्ने कलाकार

एजेन्सी – लन्डनलाई विश्वकै सबैभन्दा धेरै सर्भेलेन्समा राखिएको शहर भनेर पनि चिनिन्छ। त्यहाँको हरेक चोक र गल्लीहरूमा हजारौँ क्यामरा जडान गरिएको छ। यसरी सिसिटिभि नेटवार्कबाट गरेको कडा निगरानीलाई नै कसैले आफ्नो क्यामरामा कैद गर्नु रोचक कुरा हो। एक कलाकार जेम्स ब्राइडलले आफ्नो हेवार्ड ग्यालरीको एक महिने बसाईंमा त्यसै गरेका छन्। उनले आफ्नो प्रोजेक्टलाई नाम दिएका छन्, ‘द नोर'।

‘मैले यो प्रोजेक्टमा हात हालेँ किनकी मलाई लाग्यो अहिलेको विश्वलाई प्रविधिको विकासले थिचेको छ। मान्छेको जीवन त्यसमा हराएको छ,' ब्राइडलले भने, ‘मान्छेहरू यसलाई पागलपन भन्न सक्छन्। तर, यसलाई कलात्मक रुपमा प्रस्तुत गर्नु रमाइलो रहेछ।'

cctv

ब्राइडल ब्युरो अफ इन्भेस्टिगेटिभ जर्नलिजमको साथमा ‘ड्रोन्स्टाग्राम' पनि चलाउँछन्। जसले ड्रोन हमलाबाट प्रभावित भएको ठाउँहरू देखाउँछ।
cctv1
उनले यसै महिनाको पहिलो हप्ता फोटो खिच्न लन्डनको कन्जेसन चार्ज जोन भित्र हिँडेका थिए। त्यहाँ मात्र ७ सय क्यामरा रहेको अनुमान छ। जसमा ब्राइडलले ४ सय ७२ क्यामराको फोट खिच्न सफल भएका थिए। उक्त क्षेत्रको भित्री रिंग रोडमा गाडी कुदाउनेले जरीवाना तिर्नु पर्छ। जसको निगरानी त्यहि सिसिटिभि क्यामराले गर्छ। त्यसले गाडीको नम्बर प्लेटको फोटो खिच्छ। जुलाई ७को लन्डन हमलाको अनुसन्धान गर्न पनि ति क्यामराको प्रयोग गरिएको थियो।

cctv2

विभिन्न अनुमान अनुसार हरेक ११ देखि १४ बेलायतीलाई १ क्यामराले निगरानी गरिरहेको हुन्छ। ति सबैलाई क्यामरामा कैद गर्नु निकै सुस्त काम हो,' उनले भने, ‘हरेक मोडमा एउटा न एउटा क्यामरा छ। त्यसलाई खोज्नु पनि चुनौतीपूर्ण थियो।'

cctv3

उनको काममा केही बाधा पनि परेको थियो जब उनलाई पार्क लेनको होटलका एक गार्डले सिसिटिभि क्यामराको फोटो खिचेकोले पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए। ब्राइडलका अनुसार प्रहरीले उनलाई क्यामरा बोकेर हिँड्नु शंकास्पद भएको बताउँदै यस गर्नुको कारण नबताए उनलाई पक्राउ गर्ने बताएको थियो।

‘म फोटो खिच्दै डुलीरहेको मात्र हो,' मैले प्रहरीलाई भनेँ। उनीहरूले मेरो बारे सम्पूर्ण जानकारी प्राप्त गरे पछि मात्र मलाई छोडेका थिए।

लन्डनको कन्जेसन चार्ज जोन पछि ‘द नोर रेसिडेन्सी'को अर्को सिरिजमा उनले विमानस्थल वरपर, डाटा सेन्टर र ठूलो व्यापारिक क्षेत्र वरपरका दृश्य खिच्ने छन्। ‘म त्यो खिच्छु जुन देखिएर पनि अदृश्य छ,' उनले भने। 

(म्यासएबल डटकमबाट साभार)

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App