जंगलको आगो गाउँ पसेपछि...
बोहोरामात्र होईन जंगलमा लागेको आगो गाँउ पसेपछि यहाँका ११ घर जलेका छन्। बैशाख–१३ गते बनमा लागेको आगो उडेर बस्तीमा पसेपछि टोलका घरहरु नष्ट पारेको हो। बम बहादुर पाण्डे, लालहाङ चेम्जोङ, टेक सिवा, कृष्णमाय दहल र टंक खतिवडाको घर–गोठ खरानी बनाएपछि उनीहरु विस्थापित भएका छन्।
फिदिम नगरपालीकामा पर्ने चोगमागुमा बनको आगो गाँउमा पस्दा ६ घर नष्ट भए। त्रिलोचन नेपाल, हरिलाल घिमिरे, लक्ष्मी अधिकारी, देवि भण्डारी, सन्तोष राई र जयनारायण अधिकारीको घर ध्वस्त भएको प्रहरीले जनाएको छ।
चालु आर्थिक बर्षमा भएका आगलागीका घटनामा ६० प्रतिशत जंगलबाट र ४० प्रतिशत घरभित्रबाट आगो सल्केको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि कृष्ण प्रसाद कोईरालाले बताए। जिल्लामा आगलागीबाट जम्मा ७२ बटा घर जलेका तथ्याङक छ भने ४ करोड ९९ लाख ६० हजार बराबरको क्षति भएको छ। आगलागीबाट ४ सय ७९ जना प्रभावित भएका छन्। ११ वटा गोठ जल्दा ४४ पशु–चौपाया मरेका छन्। १ हजार ५ सय ५० हेक्टरमा आगलागी भएको जिल्ला बन कार्यालय पाँचथरका प्रमुख त्रिपाठीले बताए।
तस्बिरः गिरिराज बाँस्कोटा