१२ महिना हराभरा मनोहरा
काठमाडौं – सूर्योदय अघिदेखि सूर्यास्तपछिसम्म व्यस्त रहने मनोहरा कृषि क्षेत्रका कृषकहरुलाई भ्याइनभ्याइ भएको छ। बाक्लो बस्तीले साँघुरिदै गएको मनोहरा नदी वरपरका खेती किसानी गर्ने कृषकहरुलाई १२ महिना व्यस्त हुन्छन्।
हरियो मौसमी तरकारीहरुको छर्न, रोप्न, गोडमेल गर्न र बजारसम्म पुर्याएर बिक्री गर्नुपर्ने हुँदा कृषकहरु १२ महिना मनोहरा आपसापका खेतहरुमा व्यस्त छन्। कृषिप्रधान देश नेपालमा ८० प्रतिशत जनताहरु कृषिमा निर्भर छन्। पछिल्लो समय बस्ती बढेपछि मनोहरा जग्गा एकिकरण आयोजना र ठिमी नगरपालिकाले मनोहरा नदी आसपास खेती गरिरहेको किसानहरुलाई जग्गा बिक्री गर्न दवाव गरिरहेको छ।
'मनोहरा नदी आसपास खेती गरेर बसिरहेका किसानहरुमध्ये ७६ प्रतिशत कृषिमा निर्भर छन्। मनोहरा जग्गा एकिकरण आयोजना र ठिमी नगरपालिकाले मनोहरा नदी वरपरका किसानहरुलाई खेतीयुक्त जग्गा बिक्री दवाव दिइरहेको छ। सम्बन्धित निकार्यले आँखा चिम्लेर बसिरहँदा हाम्रो रोजी रोटी खोसिने शंखा बढेको छ,'कृषि व्यवसायी जगरण कृषक समूहका अध्यक्ष श्यामकृष्ण डंगोलले भने।
मनोहरा कृषि क्षेत्र वरपर दिनरात सक्रिय भएर कृषकहरुलाई सगाउने झण्डै २५ सयको हाराहारीमा रहेका कामदारहरुले दिनको सात सय आम्दानी समेत गर्ने गरेका छन्। मनोहरा नदीको पानी अधिकाँश खेतमा सिचाँईको लागि प्रयोग गरिएको छ। यस क्षेत्र वरपर हरियो सागसब्जी, गोलभेडा, आलु, मूला, तोरी, सलगम, गान्टे मूला, बन्दा, फर्सी र बोडी लगायत तरकारी १२ महिना उब्जनी हुने गरेको छ। मनोहरा कृषि क्षेत्र वरपर खेती किसानी गर्ने कृषकहरुले वर्षेनी तीन लाख आम्दानी गर्ने गरेका छन्। यहाँ उत्पादन भएको हरियो तरकारीहरु कालिमाटी र टुकुचामा बिक्री हुने गरेका छन्।
सबै तस्बिर: प्रबिन काेइराला