१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

ट्विटेहरुले भने- सरकार र दल सुते (फोटो फिचर)

काठमाडौं- भारतीय नाकाबन्दी र मधेसमा भइरहेको आन्दोलनका कारण देशमा आएको विषम परिस्थितिले सम्पूर्ण नेपालीलाई पिरोलिरहेको छ। 'सरकार र दल सुते अब हामी जागौं' भन्दै काठमाडौंमा एकाबिहानै ट्विटर प्रयोगकर्ताहरु भेला भए।


सरकार र मधेसी मोर्चालाई घच्घच्याउन भेला भएका ट्विटेहरुले 'प्रदेश मागेको हो परदेश होइन, तिमी वार्ता गर साथ हामी दिन्छौं, समस्या सुल्झाउ अनि कुरा बुझाउलगायत विभिन्न नारा लेखिएका प्लेकार्ड र बेलुनसहित प्रदर्शन गरे। उनीहरु #100DaysOfsuffering ह्यास्याग राखेर भेला हुन सबैलाई आग्रह गरेका थिए। सोहीअनुरुप ट्विटर प्रयोगकर्ताहरु सोमबार बिहान साढे ६ बजे बसन्तपुर डबलीमा भेला भएका थिए।

टि्वटेहरुको र्या ली बसन्तपुर, त्रिपुरेश्वर, थापाथली चोक, माइतिघर हुँदै बानेश्वरमा पुगेर टुंगिएको थियो।

तस्बिर : क्रान्ति पाण्डे