१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

नाकाबन्दीविरूद्ध राष्ट्रसंघ कार्यालय अगाडि विशाल प्रदर्शन

वासिङ्टन डिसी— भारतीय नाकाबन्दीको विरोधमा न्युयोर्क स्थित संयुक्त राष्ट्रसंघको केन्द्रीय कार्यालय अगाडि नेपालीहरुले विशाल प्रदर्शन गरेका छन्। गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय समिति अमेरिकाको पहलमा भएको प्रदर्शनमा भारतीहरु समेत सहभागी भए।

भारत सरकारले नेपालमाथि गरेको व्यवहार अमानवीय र अन्तरार्ष्ट्रिय सन्धिविरूद्ध भएको भन्दै अमेरिकामा रहेका भारतीय शिख समुदायले नेपालीको प्रदर्शनमा साथ दिएका हुन्।

'भारत मानवीय बन', 'भारत नाकाबन्दी बन्द गर', 'दक्षिणी छिमेकी नेपाललाई नपेल' जस्ता नारा लगाउँदै प्रदर्शन गरेका नेपालीहरुले राष्ट्रसंघ महासचिब बान्की मुनलाई ज्ञापन(पत्र बुझाएका छन्।
NY protest
ज्ञापनपत्र पत्रमा अन्तर्राष्ट्रिय समुदायलाई भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी तत्काल समाधान गर्न आग्रह गरिएको छ। न्युयोर्क प्रदर्शनका क्रममा एनआरएन अमेरिकाका अध्यक्ष केसव पौडेलले सो ज्ञापनपत्र पढेर सुनाएका थिए।
NY protest2
एनआरएनको पहलमा भएको प्रदर्शनमा अमेरिकामा रहेका दर्जनैं नेपाली समुदायका संघसंस्था संघ तथा संस्थाका प्रतिनिधि सहभागी भएका थिए।
NY protest3
हाल अमेरिकाको भ्रमणमा रहेका नेपालका चर्चित गायक राम कृष्ण ढकाल तथा प्रसिद्ध हास्य कलाकार मनोज गजुरेलले नाकाबन्दीको बिरुद्धमा समर्थन जनाउदै राष्ट्रिय गीत गएका थिए। भारतले गरेको अघोषित नाकाबन्दीको समर्थन जनाउन अमेरिकामा रहेका अमेरिकन सिख समुदायले पनि बिरोध कार्यक्रममा सहभागी जनाएका थिए।

NY protest4

NY protest5

NY protest1

NY protest6

NY protest7

NY protest8

ny protest

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App