१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

चौतारीमा घाइते अजिङ्गर

चितवन मंगलपुरको शिवघाटमा रहेको वर पिपलको चौतारोमा मंगलबार केटाकेटीदेखि वयोवृद्धसम्म भेला भएका थिए। पिपलको रुखको भेदमा एउटा अजंगको घाइते अजिङ्गर थियो । सोमबार साँझ फेला परेको थियो अजिङ्गर। चौतारोदेखि लगभग एक किलो मिटर टाढा नारायणी नदीको मजुवा वन किनारमा स्यालहरुले आक्रमण गरेर घाइते बनाएको सो अजिङ्गरलाई स्थानीयले उद्धार गरेर ल्याएका थिए।

Chautari ma ajingar vetiyo 2

टाउँकोमा नराम्ररी चोट लागेको अजिङ्गर अहिले चितवन जिल्ला वन कार्यालयको रेखदेखमा छ । मंगलपुरका स्थानीय वासिन्दा तथा चितवन जिल्ला सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष सुरबिर पोखरेलले दिएको सुचनाको आधारमा मंगलबार बिहान जिल्ला वन कार्यालयको टोली आएर घाइते अजिङ्गरलाई उपचारका लागि लगेको हो ।
Chautari ma ajingar vetiyo 3
झण्डै पाँच वर्षको सो अजिङ्गर लगभग डेढ मिटर लामो र २५ किलो तौलको रहेको छ । आँखा नजिक गम्भिर चोट लागेको सो अजिङ्गरलाई पशु चिकित्सकले उपचार गर्ने र निको भएपछि जंगलमा लगेर छाड्ने जिल्ला वन कार्यालयका अधिकारीहरुले बताएका छन् । अजिङ्गर हेर्न भेला भएकाहरुले फूल र अक्षताले पुजासमेत गरेका थिए ।

Chautari ma ajingar vetiyo 4

Chautari ma ajingar vetiyo 6

Chautari ma ajingar vetiyo 7

Chautari ma ajingar vetiyo 6

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App