भूकम्प, नाकाबन्दी र तातोपानी नाका
भीमकाय ढुंगा अरनिको राजमार्गमा थुप्रिएर कृत्रिम पहाड मात्रै बनेन घरहरु छेडेर भोटेकोसीमै निस्कियो।
त्यति मात्र होर, बर्खामासमेत चट्टाने ढिस्को झर्न छोडेन । ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले नहल्लाएको घर निरन्तर निशानामा परिरह्यो । भूकम्प लगत्तै चमक गुमाएको नाका बर्खामा थप कुरुप बन्यो ।
...
भारतले नेपाली नाका बन्द गरेपछि सिर्जित समस्या पछि अहिले नाका खुलाउन अरनिको राजमार्गको अबरोध पन्छाउने काम तीव्र पारिएको छ। सडक ट्रयाक नाकाको दुई सय मिटर वर लिपिङसम्म पुगिसकेको छ। त्यहाँसम्म मोटरसाइकल, ट्रयाक्स बलेरो, जीप लगायत साना सवारी साधन पुग्न थालेका छन्। र, सँगै स्थानीय आफ्नै थातथलो फर्कने क्रम सुरु भएको छ। सडक खुलेसँगै बाह्रविसेदेखि तातोपानी, कोदारीसम्मका भग्नावशेष बजार र बस्तिहरुमा चहलपहल सुरु भएको छ। भग्नावशेष भत्काइरहेको, टहरो बनाइ रहेको, पुरिएका, किचिएका सरसामान बटुलिरहेको दृश्य देख्न सकिन्छ। भूकम्पपछि पाँच महिनासम्म राजमार्गका बस्ति मानवविहिन थिए।
...
नाकाको मुटु लिपिङ बजार अझै चट्टनको चुपुवामै छ। स्थानीय कोही छैनन्। घर छेडेर अड्किएका ठूल्ठुला चट्टान बग्रेल्ति देखिन्छन्। कतिपयको घर चट्टानले छेडेको छ। चट्टानले किचिएका सवारीसाधन यत्रतत्र छन्। लिपिङको बजारमा भीमकाय चट्टाने पहिरो छ। भरभन्दा माथिसम्म चट्टानन थुप्रिएको छ। अवरोध हटाउँदै एक्साभेटर, डोजर अघि बढ्दा स्थानीय पछिपछि लागिरहेका छन्। आफ्नो घरको अवस्थाबारे जान्न उनीहरु उत्सुक छन्। जोखिम मोलेर बचेखुचेका सरसामान निकाल्न उनीहरु लालायित छन्।
'राजमार्ग खुलेर जतिछिटो नाका सञ्चालनमा आउँछ उति चाँडो हराएको चमक फर्काउन सकिन्छ,' स्थानीय शेरबहादुर मगरले भने। भूकम्पले नहल्लाएको उनको घर बर्खाको पहिरोले चट्टानको चेपुवामा छ।
भूकम्पको पाँच महिनापछि नेपाल–चीन छुट्याउने मितेर पुल छेउको लिपिङ बजारको दृश्य तस्विरमा हेराैंः