१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

संविधान सभा भित्रै तीजको लहर अायो बरिलै

काठमाडौं–महिला सभासदहरूले तीजको दिनमा पनि फुर्सद पाएनन्। तीजका भाकामा नाच्ने गाउने र रमाउने चाहना थाँति राख्दै उनीहरू संविधान सभामा जारी परिमार्जित विधेयकमाथिको मतदानमा सहभागी भएका छन्। बुधबार महिला सभासदहरू संविधान सभामा तीजको राैनक झल्कने पहिरनमा देखिए।

रातो साडी, चुरा, पाेतेसहित माैलिक पहिरनमा उनीहरूले संविधान सभामा उपस्थिति जनाएका छन्। अघिपछि कोटसहित अाैपचारिक पहिरनमा देखिने महिला सभासदको पहिरनले तीज मनाउने उनीहरूको मुडलाई प्रष्ट झल्को दिएको छ।

लखाैं नेपाली हिन्दु नारीहरू तीजको लहर अायो बरिलै...भन्दै नाचगानमा मस्त छन्। संविधान सभा भित्र महिला सभासदलाई भने ‘हुन्छ’ र ‘हुन्न’ भन्दै हात उठाउदै ठिक्क छ।


महिला सभासदले ‘ब्रेक टाइम’काे सदुपयाेग गर्दै संविधान सभा परिसरमै तीज गीत गाउँदै छमछम नाच्ने गरेकाछन्। खाजा खाने समयको सदुपयाेग गरेर महिला सभासदले तीज मनाएका छन्।

तस्विरमा हेराैं तीजको दिन संविधान सभामा महिला सभासदको पहिरनः

14

सभासद कमला घिमिरे

1

2

राप्रपा नेपालकी सभासद कुन्ती शाही

3

नेपाली कांग्रेसकी सभासद सुजाता कोइराला

4

एमालेकी सभासद सुशीला नेपाल

5

सभासद राज्यलक्ष्मी श्रेष्ठ

6

कांग्रेसकी सभासद कौशर साह। मुस्लिम समुदायकी उनी तीजमा हिन्दू महिलाले लगाउने रातो पहिरनमा देखिइन्।

7

बायँदेखि सभासदहरु क्रमशः सुशीला, श्रीमाया थकाली, गौरा प्रसाईं

8

प्रमिला राणा, मिलनकुमारी राजवंशी

9

राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपालकी सभासद सीमा विश्वकर्मा

10

सभासद कमला घिमिरे

11

कांग्रेस सभासद अारजु देउवा संविधान सभा भवनतर्फ लाग्दै

12

सभासद सुशीला नेपाल

13

15

राप्रपा नेपालकी सभासद कुन्ति शाही र कांग्रेसकी रत्ना शेरचन संविधान सभा हल प्रवेश गर्नु अगाडि

Haritalika Teej Festival -1

कांग्रेस सभासद गीता वाग्ले

सबै तस्विरः दिपेश श्रेष्ठ

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App