खेल
फोटो फिचर
नारायणी नदी किनारमा गज्जबको चहल पहल (फोटो फिचर)
चितवन–नारायणगढ बजार आडैको नारायणी नदी किनारमा शितल हावा लिनका लागि टहलिनेहरुको साँझपख निकै भिड लाग्छ । नदी किनारमा बिहान होस वा दिउँसो चहल पहल नदेखिने होइन तर साँझपखको रौनक अर्कै हुन्छ । मर्निङ वाक र योगा गर्नेहरुको विहान पख चाप हुन्छ । दिउँसो युवा युवतीहरु गफ गरेर बसेका भेटिन्छन् । साँझपख भने हरेक उमेर समुहका व्यक्तिहरु नदी किनारमा पुग्छन् ।
मकै पोल्ने, चटपट, पानी पुरी र मोमो चाउमिन जस्ता फाष्टफुड बेच्नेहरुका ठेलाहरु लहरै हुन्छन् । गफ गर्दै बस्नेदेखि सेल्फी लिनेहरुसम्म यसरी रमाएका हुन्छन कि समय बितेको पत्तो नै पाउँदैनन् । नदी किनारमा अग्लो बुद्ध प्रतिमा छ । बस्ने सिमेन्टका बेन्चहरु निर्माण भएका छन् । लगभग डेढ किलो मिटरमा लहरै सोलार बत्ती जडान भएपछि नदी किनारमा उज्यालो र सुन्दरतासँगै सुरक्षा पनि थपिएको छ ।
तनाव र थकान मेटाउन, केटाकेटी भुलाउन र चिसो र स्वच्छ हावा लिन चाहनेहरुको उपयुक्त गन्तब्य बनेको छ नारायणी नदी किनार । नारायणी नदी किनारलाई व्यवस्थित रुपमा विकास गर्ने सोच बेला बेलामा चर्चा हुने गरे पनि सरकारी निकायको तत्परता देख्न पाइएको छैन । नदी किनार मै कार्यालय रहेको चितवन उद्योग वाणिज्य संघ र पाँचवटा टोली विकास संस्थाले आफुले सकेजतिको व्यवस्थापन गर्दै आएका छन् ।
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
100%
हास्यास्पद
0%
क्रोधित
0%