१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

धनगढी नगर जलमग्न, सयौ घर,पसल डुवानमा (फोटोफिचर)

धनगढी–शनिबार रातिदेखिको अविरल वर्षाले धनगढी बजारसहित धनगढी नगरपालिकाका विभिन्न बस्ती डुवानमा परेका छन । पुरै नगर जलमग्न भएर सडकमा समेत पानी भरिएपछि एक ठाउँवाट अर्को ठाउँ आवतजावत गर्नसमेत समस्या भएको छ।

डुवानका कारण धनगढी बजारका अधिकाशं पसल बन्द छन । विद्यालय समेत बन्द छन भने दर्जनौ परिवार विस्थापित भएका छन् ।कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिक्रम चन्दका अनुसार धनगढी नगरमा घर डुवानमा परेका दर्जनौ परिवारलाई उद्दार गरेर सुरक्षित स्थानमा राखिएको छ ।
d5
धनगढी १ निवासी २२ वर्षीया भुमिका बडुवाल एक्कासी पानीले घर डुवानमा परेपछि डराएर वेहोश भएकी छिन । उनीलाई उपचारार्थ सेती अंचल अस्पातल पुर्याइएको प्रहरी उपरिक्षक चन्दले बताए ।यसै गरी धनगढी नगरपालिका–१ शिवनगर– ३ विशालनगर सवैभन्दा बढी प्रभावित छन् । यहाँका सयौ घर डुवानमा परेको प्रहरी उपरिक्षक चन्दले बताए ।
d6
धनगढी बजारमा पनि दर्जनौ पसल डुवानमा परेका छन । डुवानका कारण पसल बन्द छन । 'पसल डुवानमा परेको छ । समान क्षतिग्रस्त भएको छ,' धनगढी एलएन चोकका किराना पसल व्यवसायी राजिव गुप्ताले भने, 'डुवानमा कारण पसल बन्द छ ।'उनी जस्तै डुवानका कारण दर्जनौ पसल बन्द भएका छन ।
d2
राष्ट्रबैंक चोक अगाडी सडकमा पानीको भेलले रा१ख ८४५ नम्बरको ट्रक पल्टेको छ । ट्रक चालकलाई सकुशल उद्दार गरिएको एसपी चन्दले बताए ।मुख्य बजारको सडकलगायत विभिन्न सडकमा २, ३ फिट पानी जमेकाले हिडडुल गर्न पनि समस्या भएको स्थानयीले बताएका छन ।धनगढीनगरमा रहेका बिभिन्न खोलमा अतिक्रमण गरेर साँघुरिएका र कतिपय ठाउँमा खोला नै बाँकी नरहेकाले धनगढीनगर जोकिममा रहेको स्थानीय बताएका छन् ।

d6

d 3

सबै तस्बिर दिलबहादुर छत्याल

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App